माध्यमिक तहका विद्यार्थीहरूका लागि नार्कोनन लागुऔषध शिक्षा पाठ्यक्रम: अनियमित नगरिएको तुलनात्मक (नन् रेन्डमाइज्ड कन्ट्रोल्ड) रोकथाम परिक्षण हो

रिचार्ड डी. लेन्नोक्स
साइकोमेट्रिक्स टेक्नोलोजीज, इन्कर्पोरेटेड,
२४०४ वेस्टर्न पार्क लेन, हिल्सबोरो, एन सि २७२७८, संयुक्त राज्य अमेरिका

मारी ए. केक्चिनी
इन्डिपेन्डेन्ट रिसर्च कन्सल्टेन्ट
१०८४१ वेस्कोट एभेन्यू, सनल्याण्ड, सि ए ९१०४०, संयुक्त राज्य अमेरिका

दुर्व्यसनी उपचार, रोकथाम तथा नितीद्वारा समीक्षा र प्रकाशन गरिएको

कार्यकारी सारांश

परिचय

वार्षिक मापदण्ड अध्यययन, मोनिटरिङ द फ्युचरले विगत केही सर्वेक्षण वर्षमा लागुऔषध सेवनमा थोरै गिरावट भएको पाए तापनि, वार्षिक रूपमा मादकपदार्थ, सुर्तीजन्य पदार्थ र अन्य लागुऔषधहरू सेवन गर्नमा संलग्न हुने १२-१७ वर्ष उमेरका युवायुवतिहरूको सङ्ख्या यु.यस. मा १३ मिलियन रहेको अनुमान छ जुन सन् १९८० को दशक देखि सन् १९९२ सम्ममा देखिएको घट्दो प्रवृतिको तुलनामा उच्च नै रहेको छ।

समस्या क्षेत्रका केही उदाहरणहरूमा निम्न पर्दछन्: सन् १९९९ मा नाबालिग उपभोक्ताहरूले मादकपदार्थमा (कुल $११६.२ बिलियन मध्ये) अनुमानित $२२.५ बिलियन खर्च गरेको; सन् १९९२ देखि सन् २००३ को अवधिमा नियन्त्रित प्रिस्क्रिप्सन औषधिहरू दुरूपयोग गर्ने १२ देखि १७ वर्ष उमेरका युवायुवतिहरूको सङ्ख्या २१२ प्रतिशतले वृद्धि भएको (जुन यो अध्ययनको अवधिमा झन खराब भएको छ); र सन् २००१ मा ११,२४,००० युवायुवतिहरूले दुखाइ कम गर्ने औषधिहरू (पेनकिलर) दुरूपयोग गर्न थालेको, जुन गाँजा सेवन गर्न थाल्नेहरूको सङ्ख्या, १७, ४१,००० पछिको ठूलो सङ्ख्या हो।

यो अध्ययन हुँदाखेरि, अमेरिकामा (ओक्सीकोन्टिन, भेलियम र रिटालिन सहीत) नियन्त्रित प्रिस्क्रिप्सन औषधिहरू दुरूपयोग गर्नेहरूको सङ्ख्या गाँजा, मादकपदार्थ र सुर्ती पछि चौथो ठूलो थियो।

रोकथामका प्रयासहरू असफल हुँदा भारी मुल्य चुकाउनुपर्छ। सन् २००५ मा, कुनैपनि लागुऔषध सेवनको लागि कक्षा ८, १० र १२ का विद्यार्थीहरू जीवनकाल भर सोको दुर्व्यसनीमा रहने दर क्रमश: २१%, ३८% र ५०% थियो। लागुऔषध सेवन गर्ने सबै विद्यार्थीहरूमा यस्ता समस्याहरू उत्पन्न नहुने भए तापनि, सन् २००२ मा मादकपदार्थ दुर्व्यसनी तथा निर्भरतासँग सम्बन्धित लागतहरू उत्पादकत्व गुमेको, स्यास्थ्य सेवा, फौजदारी न्याय, र समाज कल्याणमा गरी लगभग $१८०.९ बिलियन रहेको अनुमान छ। लागुऔषधको दुर्व्यसनीमा फसेपछि धेरै युवाहरूमा परीक्षाको नतीजा नराम्रो हुँदै जाने, विद्यालयमा उपस्थित नहुने, अपेक्षाहरू कम हुँदै जाने, र विद्यालय छोड्ने निर्णयहरू लिने जस्ता शैक्षिक समस्याहरू देखा पर्नेगर्छ। वास्तवमा, विद्यार्थीहरूले चुरोट, मादकपदार्थ, गाँजा, कोकेन वा अन्य लागुऔषधहरू जति बढी सेवन गर्छन्, उनीहरूले विद्यालयमा खराब प्रदर्शन गर्ने, विद्यालय छोड्ने वा उच्च शिक्षा हासिल नगर्ने सम्भावना त्यति नै बढी हुन्छ।

राष्ट्रिय लागुऔषध नियन्त्रण शाखा (ओएनडिसिपि) र शिक्षा विभागको लक्ष्य र जन स्वास्थ्य कार्यसूची अनुरूप नार्कोनन कार्यक्रमको मुख्य लक्ष्य समाजमा लागुऔषध दर्व्यसनी रोकथाम गर्नु र उन्मूलन गर्नु हो। यदि किशोरावस्थाको सुरूमा नै उनीहरूलाई मादकपदार्थ वा अन्य लागुऔषध सेवन गर्नबाट रोक्न सकियो भने पछि गएर लागुऔषध दुर्व्यसनीमा फस्ने वा अन्य जोखिम व्यवहारहरूलाई कम गर्न वा रोकथाम गर्न सकिन्छ भन्ने कुरा अध्ययनले देखाएको छ। यद्यपि यो लक्ष्य हासिल गर्नको लगि के-कस्ता निती र रणनितीहरू लागू गर्नुपर्ने हो त्यस सम्बन्धमा परिचर्चा गर्न भने बाँकी नै छ। विगत ४० भन्दा बढी वर्ष देखि, नार्कोननका लागुऔषध रोकथाम विशेषज्ञहरूले विद्यालयको पाठ्यक्रममा समेटिएका सामग्रीहरूलाई अझ स्पष्ट बनाइ विद्यमान रोकथामका उपायहरूलाई अझ प्रभावकारी बनाउने प्रति लक्षित सेमिनारहरू आयोजना गर्दै आएका छन्। सन् २००४ मा, नार्कोनन इन्टर्नेश्नलले एल. रोन हब्बार्डका अनुसन्धान तथा लेखमा आधारित उच्च विद्यालय जाने उमेरका विद्यार्थीहरूका लागि आठ मोड्युलको लागुऔषध पाठ्यक्रम विकास गर्‍यो जसलाई स्वतन्त्र नार्कोनन दुर्व्यसनी सुधार पद्धतिको रूपमा लिइयो। कार्यक्रम निर्माताहरूले यस कार्यक्रमको सुरूवातदेखि कायम रही आएको गुणस्तर व्यवस्थापन प्रणालीको भागको रूपमा कार्यक्रम अघि विद्यार्थीहरूबाट लिइएका प्रतिक्रियाहरूको विश्लेषण गरी प्रमाणमा आधारित अभ्यास र दुर्व्यसनी रोकथाम सम्बन्धी सिद्धान्तहरूलाई ध्यानमा राखेर उच्च विद्यालयका विद्यार्थीहरूको मुख्य समस्यालाई सम्बोधन गर्ने उच्च शिक्षाको पाठ्यक्रमको विकास गरे।

उच्च विद्यालय जाने उमेरका विद्यार्थीहरूका लागि आठ मोड्युलको लागुऔषध पाठ्यक्रम अन्तर्गत सुर्ती, मादकपदार्थ, गाँजा र सामान्य "कडा लागुऔषध" दुर्व्यसनीलाई सम्बोधन गर्ने विषय वस्तु सहीत दुर्व्यसनी रोकथाम गर्ने पृथक रणनितीहरू संयोजित छन्। स्वास्थ्य, सामाजिक सिप, सामाजिक प्रभावको पहिचान र ज्ञान अभिवृद्धि गर्ने क्रियाकलापहरूले व्यक्ति लागुऔषधको कुलतमा फस्नुको कारण पहिचान गरी त्यसका जोखिम र रोकथामका उपायहरूलाई सम्बोधन गर्दछन्। यस अध्ययनको उद्देश्य भनेको युवाहरूले लागुऔषध सेवन गर्ने प्रवृत्ति, मानसिकता र ज्ञान परिवर्तन गर्ने सम्बन्धमा कार्यक्रमको क्षमताको आंकलन गरी रोकथामका सिद्धान्तसँग नार्कोनन लागुऔषध रोकथाम पाठ्यक्रमको तुलनात्मक मुल्याङ्कन गर्नु थियो।

पद्धति

नमूनाको विवरण

नार्कोनन कर्मचारीहरूले दुई राज्यका १४ विद्यालयहरू छनौट गरे। विद्यालयहरूको आकार, समुदायको आकार तथा समग्र जातीयताको आधारमा विद्यालयहरूलाई शिक्षा वा नियन्त्रण समूहमा विभाजन गरियो। विद्यालयहरू आधार सर्वेक्षण, लगभग एक महिनापछि र छ महिनापछि गरी परीक्षणका तीनवटा चरणहरू पूरा गर्न सहमत भए। नार्कोनन लागुऔषध शिक्षाको पूर्ण पाठ्यक्रम या त आधार सर्वेक्षण (शैक्षणिक वातावरण) वा छ महिनापछि गरिने अन्तिम सर्वेक्षण (नियन्त्रित वातावरण) पूरा भएपछि लागू गरियो। पाठ्यक्रम सु‍सँगत ढङ्गले कार्यान्वयन गरिएको छ भन्ने कुरा सहजकर्ताको प्रतिवेदनबाट प्रमाणित गरियो।

अविभावकको अनुमति प्राप्त गरेपछि, ओक्लाहामामा नियन्त्रण समूहमा २३६ र प्रयोगत्मक समूहमा २२४ र हवाइमा नियन्त्रण समूहमा २९५ र प्रयोगात्मक समूहमा २२० विद्यार्थी सहभागी थिए। विद्यार्थीहरूलाई स्वैच्छिक सहमति र गोपनीयताको बारेमा बुझाइयो। आधार सर्वेक्षण पूरा भएपछि, २६ सहभागीहरू भएको एउटा चार्टर स्कूल समय नमिलेको भन्दै यस अध्ययनबाट बाहिरिए। लैङ्गिक वा अल्पसङ्ख्यक जाति वा जोखिम वर्गहरूको आधारमा सहभागीहरूको प्रतिनिधित्व समायोजन गर्ने कुनै व्यवस्था कायम गरिएन।

कोपर्निकस समूह आइआरबि (प्रोटोकोल एचआइ ००१) ले अध्ययन प्रोटोकल र सहमति फारामहरूको समीक्षा गरी सदर गरेका थिए। मानब सहभागी सुरक्षाको मान्यताप्राप्त कर्मचारीहरूले प्रत्येक विद्यार्थीलाई कक्षाकोठाको रोस्टरको आधारमा पृथक पहिचान नम्बर प्रदान गरे। गोपनीयताका लागि, विद्यार्थीहरूले उनीहरूको पृथक पहिचानको नम्बर मात्र लेखिएको मानक उत्तरपुस्तिकामा आफ्नो उत्तरमा चिन्ह लगाएका थिए। हरेक सर्वेक्षणको बिन्दुमा उही पहिचान नम्बर प्रदान गर्न रोस्टर र पहिचान कोड प्रयोग गरियो जसले गर्दा प्रत्येक समय बिन्दुमा प्राप्त उत्तरको तुलना गर्न सहज भयो। यो पद्धति अधिकांश युवाहरू लागुऔषध सेव नगर्ने विश्वव्यापी कक्षाकोठाको जनसङ्ख्या सम्मिलित समूहको परीक्षण गर्ने विधिबीच फरक छुट्याउन आवश्यक पर्ने तथ्याङ्कीय शक्ति प्रदान गर्ने नमूना छनौट गर्ने रणनिती हो। प्रत्येक विद्यार्थीले आफ्नो उत्तरपुस्तिका भरेर सुरक्षित खाममा राखी शिलबन्दि गरेर सर्वेक्षण कर्मचारीलाई फिर्ता गरे जसलाई स्क्यान डाटा इन्ट्री, लगत व्यवस्थापन र तथ्याङ्कीय विश्लेषणका लागि मुख्य अनुशन्धानकर्मीलाई मेल गरियो।

लागुऔषध शिक्षा

प्रयोगात्मक वातावरणमा अध्ययन सञ्चालन गर्नका लागि सहभागी गराइएका प्रत्येक विद्यालयमा पूर्ण लागुऔषध शिक्षा पाठ्यक्रम प्रयोगमा ल्याइयो। व्यावसायिक रूपमा तालिम प्राप्त सहजकर्ताहरूले विधिबद्ध संचालन नियमावली पालना गर्नुका साथै दैनिक आज्ञापालन प्रतिवेदन पूरा गरे। विधिबद्ध गरिएको नार्कोनन लागुऔषध रोकथाम पाठ्यक्रम सामग्रीले सहजकर्ताहरूलाई कार्यक्रमको इमानदारीता कायम राख्दै कार्यक्रमलाई निश्चित मापदण्डहरू अनुरूप कार्यान्वयन गर्न मद्दत गर्दछन्।

आधार परिणाम

"पछिल्लो ३० दिनमा लागुऔषध सेवनको मात्रा" लाई प्राथमिक आधार परिणाम कायम गरियो। आधार परिणाम निर्धारण गर्दा लागुऔषध दुर्व्यसनी रोकथाम केन्द्र (सियसएपि) द्वारा आर्थिक सहायता गरिएका लागुऔषध दुर्व्यसनी रोकथाम कार्यक्रमहरूमा सहभागीहरूको प्रगतिको मुल्याङ्कन गर्न बनाइएका लागुऔषध दुर्व्यसनी रोकथाम केन्द्र (सियसएपि) को पार्टिसिपेन्ट आउटकम मेजर्स फर डिस्क्रिसनरी प्रोग्राम नामक विधि प्रयोग गरियो जसलाई परीक्षण अघि वा परीक्षण पछिको डिजाइनमा प्रयोग गर्न सिफारिस गरिएको छ। (फाराम ओएमबि न. ०९३०-०२०८ म्याद सकिने मिति १२/३१/२००५)। मोनिटरिङ द फ्युचरको सर्वेक्षणका १२ प्रश्नहरू सहीत २२ वटा लागुऔषधको सेवनको बारम्बारताको बारेमा प्रश्नहरू सोधियो।

सियसएपिले मुल्याङ्कनको लागि सिफारिस गरेको विधि प्रयोग गरेर आंकलन गरिएका द्वितीयक परिणामहरूमा लागुऔषध सेवन गर्नुका जोखिम, मनोवृत्ति र निर्णयहरूको बुझाइ रहेका छन्। यसमा मोनिटरिङ द फ्युचरको सर्वेक्षणको पाँचवटा प्रश्न पनि रहेको छ जुन लागुऔषधबाट हुने कथित हानिको बारेमा थियो। साथै, जोखिम र सुरक्षात्मक कारक तत्वहरूको बारेमा विद्यार्थीको सर्वेक्षणबाट लागुऔषध सेवन सम्बन्धी मनोवृत्तिहरूको बारेमा चारवटा प्रश्न समावेश थियो। व्यक्तिको व्यवहार र धारणामा आएको परिवर्तनको मुल्याङ्कन गर्नुको अलावा यी प्रश्नहरूले राज्य र राष्ट्रिय मापदण्डहरूसँग तुलना गर्न पनि सहयोग गर्दछन्।

यस अतिरिक्त, कार्यक्रमका विकासकर्ताहरूले २५ प्रश्नहरू सिफारिस गरे जुन सियसएपि सर्वेक्षणमा थपिएको थियो। उनीहरूको उद्देश्य भनेको नार्कोनोन कार्यक्रमले समेटेको लागूपदार्थ सम्बन्धी अवधारणाहरू मुल्याङ्कन गर्नु हो। साथै, प्रत्येक कार्यक्रमका प्रापकले उक्त शिक्षाको बारेमा राम्ररी बुझेका छन् वा छैनन् र उनीहरूले कुन हदमा अनुगमन बिन्दुसम्म कायम राखेका छन् र विद्यार्थीहरूले कार्यक्रमको मुख्य अवधारणाहरू लागू गर्न सकेका छन् कि छैनन् त्यो थाहा पाउनु पनि अर्को उद्देश्य हो। कार्यक्रम विकासकर्ताको प्रश्नहरू निकटस्थ प्रभावहरू मुल्याङ्कन गर्न तयार पारिएको थियो जसमध्ये कार्यक्रमको सामग्रीहरूको बारेमा स्मरण गराएर शिक्षित पार्ने क्षमता एक हो। विद्यार्थी क्षमताले कार्यक्रम सिपहरू जस्तै लागुऔषध सेवन, पहिचान र त्यस्ता चिजहरूबाट सिर्जित दबावहरू विरोध गर्ने तरिकाहरू थाहा पाउनु र निर्णय गर्नु जस्ता आत्मकथित क्षमताहरूको छाप देखाउनु पनि अरू कारणहरू हुन्।

तथ्याङ्क विश्लेषण

अनियमित नगरिएको (नन् रेन्डमाइज्ड) डिजाइनमा प्रयोगात्मक र नियन्त्रण वातावरणमा विभाजन गरिएका समूहहरू समान हुनेछन् भनी मान्न सकिने भएकाले यसमा परम्परागत विश्लेषणको आवश्यकता हुन्छ। यस कारण यो अध्ययनमा प्रारम्भिक लागुऔषध सेवनको साथै विद्यालयमा विद्यार्थीको सङ्ख्यामा भएको परिवर्तन अनुसार आवश्यक समायोजन गरेर आधार परिणाममा आएको परिवर्तनको विश्लेषण गर्न कोभेरिएन्स विश्लेषण (एन्कोभा) विधिको प्रयोग गर्‍यो।

परिणामहरू

नार्कोनन पाठ्यक्रमका अवयवहरूको मुल्याङ्कन

तालिका १ ले थुप्रै लागुऔषध दुर्व्यसनी रोकथाम कार्यक्रमहरूले प्रयोग गर्ने मुख्य अवधारणामा आधारित आठवटा पाठ्यक्रम सत्रको बारेमा संक्षेपमा व्याख्या गर्दछ। यस अन्तरक्रियात्मक पाठ्यक्रमले विष विज्ञान, फोरेन्सिक विज्ञान, पोषण, मार्केटिङ र औषधि विज्ञान लगायतका विविध क्षेत्रहरूको जानकारी प्रदान गर्दछ। कार्यक्रममा प्रयोग हुने सामग्रीहरूमा श्रव्य दृश्य उपकरण र सहायक सामग्री र स्पष्ट शिक्षण योजनाहरू समावेश हुन्छन् जसलाई प्रत्येक सत्रमा विद्यार्थीको नामरहित प्रश्नावली प्रयोग गर्ने र सहजकर्ताले सत्र सञ्चालन गर्दा देखिएको कुनैपनि समस्या र/वा प्रश्न टिप्ने तालिका जस्ता गुणस्तर व्यवस्थापन साधनहरूको साथमा उपलब्ध गराइन्छ।

सहजकर्ताहरूको तालिमले प्रभावकारी सञ्चारको महत्व र विद्यार्थीले प्रश्न गर्ने, व्यक्तिगत अवस्थाको छलफल गर्ने र सक्रिय सहभागिता जनाउने वातावरण सिर्जना गर्न जोड दिन्छ।

अझैसम्म नार्कोनन लागुऔषध शिक्षा पाठ्यक्रम लागू नगरिएका साइटहरूको तुलनामा पाठ्यक्रम लागू गरिएका साइटहरूमा यसले पारेको प्रभाव

अनुवर्ती जाँचको क्रममा, तालिका ४ मा देखाइए जस्तै, लागुऔषध शिक्षा कार्यक्रमका सहभागी विद्यार्थीहरूले लगभग सबै किसिमका मादकपदार्थहरूको सेवनको मात्रा घटाइरहेका छन्, तर नियन्त्रित समूहमा यो प्रवृति देखिएन। सुरूमा मापन गर्दा दुवै समूहको लागुऔषध सेवनको प्रवृति उस्तै देखिएको थियो। त्यसकारण, यस तथ्याङककै आधारमा पनि लागुऔषध शिक्षा पाठ्यक्रमले लागुऔषध सेवनमा कमी ल्याउँछ भन्ने कुरा प्रमाणित हुन्छ।

थुप्रै लागुऔषधको सेवनमा कमी आउँदा तथ्याङ्कीय महत्व प्राप्त गर्दछ। निश्चित परीक्षणका विशेषताहरूले कार्यक्रमको प्रभावकारीतालाई इंगित गर्दछन्। विगत ३० दिनमा प्रयोग गरिएको मादकपदार्थ, सुर्ती र गाँजाको प्रयोगको क्षेत्र उच्च विद्यालयका विद्यार्थीहरूको जनसङ्ख्या‍सँग सान्दर्भिक रह्यो। जसमा सबैभन्दा बढी चुरोटको प्रभाव देखियो भने त्यसपछि खैनी र चुरोटको बारम्बारता बढी पाइयो। गाँजाको मात्रा र बारम्बारता तथ्याङ्कीय हिसाबमा उल्लेख्य रहे। मादकपदार्थ सेवनको प्रवृतिमा आएको अन्तरले समग्र तथ्याङ्कमा खासै प्रभाव पारेन।

"कडा लागुऔषधहरू" मध्ये, यी युवाहरूले धेरैजसो एम्फेटामाइन सेवन गर्ने गरेको पाइयो र लागुऔषध शिक्षाले यसको प्रयोगमा धेरै कमी ल्यायो।

लागुऔषध शिक्षा र नियन्त्रित समूह बीच देखिएको अन्तर विश्वव्यापी र कक्षाकोठामा आधारित हस्तक्षेपसँग सु‍सँगत छन् जहाँ लागुऔषध सेवनको तथ्याङ्क सम्बन्धित व्यक्तिबाट सङ्कलन गरिन्छ र लागुऔषध सेवनको स्तर युवाहरूको एउटा सानो उपसमूहमा उच्च हुन्छ।

नार्कोनन लागुऔषध शिक्षा पाठ्यक्रम लागू नगरिएका साइटहरूको तुलनामा यो पाठ्यक्रम लागू गरिएका साइटहरूमा यसले लागुऔषध वा लागुऔषध सेवनको जोखिम वा मनोवृत्तिको बारेमा सहभागीको बुझाइमा पारेको प्रभाव

कार्यक्रममा भाग लिएको छ महिना भएपछि, कार्यक्रमको सुरूमा देखिएको अन्तरलाई ध्यानमा राखी मुल्याङ्कन गर्दा नियन्त्रण समूहका सहभागीहरूले छ महिने मुल्याङ्कन पछिको वर्षमा फेरि मादकपदार्थ सेवन गर्न सुरू गर्ने बढी प्रवृति देखिनुका साथै धुम्रपान पनि सुरू गर्ने योजना रहेको देखियो भने लागुऔषध शिक्षा कार्यक्रम सहमूहका सहभागीहरूमा यस्तो प्रवृति कम देखियो। साथै, नियन्त्रण समूहको तुलनामा लागुऔषध शिक्षा उपचार समूहका सहभागीहरूले लागुऔषध मुक्त जीवनशैली निर्वाह गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे।

छैठौं महिनाको मुल्याङ्कनमा, खतराबारे सोधिएका पाँच मध्ये चार प्रश्न तथ्याङ्कगत हिसाबले महत्त्वपूर्ण थिए। महत्वपुर्ण किसिमले लागुऔषध शिक्षा कार्यक्रम समूहमा धेरै विद्यार्थीहरू हुनुले एउटा प्रश्नमा ठुलो चुनौती थप्यो "मान्छेहरूले आफुलाई कति हदसम्म( भौतिक वा अरू कुनै) हानि पुर्याउछन् उनीहरूले एकपल्ट, दुइपल्ट वा नियमित रूपमा गाजा खाएर। यी प्रवृत्तिहरू विकासकर्ताले दिएको सुझाव लागुऔषध नराम्रो कुरा हो भनी लागुऔषध शिक्षा कार्यक्रममा सहभागी भएका युवाहरूमा प्रश्नहरू पनि प्रतिबिम्बित हुन्छन्।

नार्कोनन लागुऔषध शिक्षा पाठ्यक्रममा समेटिएको सामग्री र पाठ्यक्रम नपाएको अरू ठाउँहरूसँग तुलना अवशोषित गर्ने क्षमता

तालिका ९मा देखिएझैँ लागुऔषध शिक्षा कार्यक्रममा भाग लिएको छ महिना पछि, महत्वपूर्ण किसिमले धेरै विद्यार्थीहरू जसले लागुऔषध शिक्षा पाठ्यक्रम प्राप्त गरे, उनीहरू कार्यक्रमको सामग्री अनुरूप सबै १९ विषय-वस्तु र आधारभूत चरणमा हुने फरकहरू नियन्त्रण गर्ने तरिकाहरूको बारेमा भन्न सक्ने भएका थिए। लागुऔषध शिक्षा कार्यक्रममा सहभागी विद्यार्थीहरूले मादकपदार्थ पनि लागुऔषध हो र लागुऔषध दुर्व्यसनमा कानुनी तथा गैर-कानुनी दुबै प्रकारका पदार्थहरू समावेश हुन्छन् भनेर बुझेका छन्। बेसलाइनका क्रममा, धेरै विद्यार्थीहरूले लागुऔषधले पोषणमा पार्ने असर बारे कमै मात्र थाहा पाएको भने पनि पछि कार्यक्रममा आएर सुधार गरे।

कार्यक्रमले गाँजा बारे रहेको आम गलत धारणा- यो प्राकृतिक रूपमा उत्पादन हुने भएकाले यसका भएका रसायनिक तत्वहरू हानिकारक हुँदैनन् भन्ने- बारेमा पनि जानकारी प्रदान गरे। विद्यार्थीहरूले लागुऔषधको सामाजिक मुख्य स्रोत मिडियाका प्रचार प्रसारका लागि मात्र हुन् भन्ने कुरा सहज रूपमा पहिचान गरे। विद्यार्थीहरूलाई सोधेको प्रश्न र उनीहरूले दिएको जवाफ अनुसार लागू औषधले मश्तिष्क र शरीरमा व्यापक असर गर्दछ भन्ने सन्दर्भमा लागुऔषध शिक्षा पाठ्यक्रम प्राप्त विद्यार्थीहरूले बुझेका छन् भन्ने थाहा भयो।

विद्यार्थीको निर्णय र व्यवहार बारे ६ विद्यार्थीलाई प्रश्न गर्दा तीनजनामा उल्लेख्य परिवर्तन पाइयो। लागुऔषध रोकथाम समूहका विद्यार्थीहरूले धेरै हदसम्म उनीहरूलाई लागुऔषध सम्बन्धी निर्णय लिन ज्ञान रहेको भनी थाहा भयो। रोचक कुरा त, लागुऔषध रोकथामका विद्यार्थीमा कसैले त्यस्ता लागुऔषध लिन गरेको दबावको विरोध गर्ने धेरै क्षमता भएको पाइयो यद्यपि, उनीहरूले पहिला उत्तर दिँदा पनि आफूमा यस्तो क्षमता भएको बताएका थिए। "लागुऔषध वास्तवमै त्यति खराब हैन" भन्ने भनाई "गलत" भन्ने विद्यार्थीहरूमा ठुलो परिवर्तन देखियो।

छलफल

यस अध्ययनको उद्देश्य भनेको नार्कोनन लागुऔषध शिक्षा कार्यक्रमले विश्व भरीका कक्षा कोठामा विद्यार्थीहरूलाई लागुऔषध व्यवहार सम्बन्धी दिर्घकालीन प्रभाव राख्न सकोस् भनि क्षमता मुल्याङ्कन गर्नु हो। धेरै हद सम्म, आधार सर्वेक्षणका प्रतिक्रियाहरू बृहत राष्ट्रिय सर्वेक्षणमा पाइएका लागुऔषध प्रयोगको तरिकासँग मिल्द-जुल्दा छन्। प्रयोगको अगावै तहहरूको नियन्त्रण पछि, लागुऔषध शिक्षा समूहमा लागुऔषध रोकथाम पाठ्यक्रम प्राप्त गरेपछि उनीहरूको तत्कालको लागूपदार्थ सेवन अर्को समूहको विद्यार्थी भन्दा निकै कम भयो। मादकपदार्थ, सुर्तीजन्य पदार्थ र गाँजा -यी मानिसहरूका लागि लागूपदार्थ दुर्व्यसनको महत्वपूर्ण वर्गहरू - र सुझाव अनुसार प्रयोग हुने कडा लागुऔषधहरू जस्तै कोकिन, आनन्द दिने लागूपदार्थ जस्ता निश्चित वर्ग को "कडा लागुऔषधहरूको परीक्षण गरिएको थियो। तालिका ४ मा देखाइएको नतिजाहरूले लागुऔषध शिक्षा कार्यक्रममा लागुऔषधको प्रयोग कम गर्न परीक्षण गरिएका लागुऔषधहरूको प्रवृत्ति कम गर्ने लक्ष्य राखेको छ।

तथ्याङ्कले नार्कोनन कार्यक्रमको वास्तविक संसारको जाँच सामान्य अवस्थामा कक्षाकोठामा आधारित हस्तक्षेप सञ्चालन गर्नु हौसालापूर्ण काम हो। विद्यालयहरू सेसनमै हुँदा कार्यक्रम सञ्चालन गर्न देखिएका यस कार्यक्रमका आत्म प्रतिवेदक प्रश्नावली मुल्याङ्कन लगायतका प्रभावकारिता प्राकृतिक बाधाहरूले सापेक्ष रूपमा धेरै टर्मका गल्ति सहीतका लागुऔषध शिक्षा समूह र नियन्त्रण समूहबिच मापनयोग्य फरकतिर मार्ग प्रदर्शन गरेको छ।

सियसएपि सर्वेक्षण पद्धतिको प्रयोगले लागुऔषध प्रयोगमा सक्दो कमि ल्याउँदैन र त्यो यो सर्वेक्षणको उद्देश्य पनि हैन। खास रूपमा उच्च जोखिममा परेका किशोर किशोरीहरूको समूह छान्नुभन्दा विश्वभरीका दर्शकको जाँचद्वारा, आधार सर्वेक्षणमा धेरै विद्यार्थीहरूले लागूपदार्थ सेवन नगरेको हुनाले प्रत्येक वर्गको विद्यार्थी प्रतिक्रियाहरूको तथ्याङ्कमा धेरै फरक देखिएन।

प्रवृति र विश्वासहरूमा परिवर्तन हुने सियसएपि परिकल्पना जाँच्ने प्रश्नहरू लागुऔषध शिक्षा कार्यक्रमद्वारा परिवर्तन गर्न मिल्छ र लागुऔषध दुर्व्यसनको असरको लागि मध्यवर्गबाट विवाद गर्ने कामहरू जाँच्छन्। रोचक कुरा त यो हो कि, उक्त समयमा नयाँ ज्ञान प्राप्त गरे अथवा कति प्रयोगमा ल्याए भन्ने बारे लक्षित प्रश्नमा निकै उत्साहजनक परिवर्तनका तथ्याङ्कहरू प्राप्त भए।

नार्कोंनन कार्यक्रम प्राथमिक रूपमा शैक्षिक रणनिति (लागुऔषध दुर्व्यसनी उपचार वर्गिकरण केन्द्र) भएता पनि यस कार्यक्रममा मुख्य रोकथामका सिद्दान्तहरू निहित छन्। पाठ्यक्रम भरी, प्रत्येक कुराको बारेमा जानकारी प्रदान गर्न प्रेरणादायक सञ्चारलाई जोड दिईएको छ। विद्यार्थी अन्तरक्रिया र विद्यालय पछिको मिडिया र अन्य वातावरणिय प्रभाव तथा सामाजिक बारे व्यक्तिगत अनुसन्धानले क्षमता सुधार गर्न सकिन्छ। बिज्ञानमा आधारित सूचनाहरू प्रस्तुत गरिएका छन् , र विभिन्न स्रोतहरूबाट जानकारीको रूपमा प्रस्तुत गरिएको सन्देशहरूलाई सही रूपमा मुल्याङ्कन गर्ने क्षमतामा विकास गर्न लक्ष्य सहीत विद्यार्थीहरू यी अभ्यासहरू पूरा गर्दछन्।

ज्ञानको महत्वको सम्बन्धमा, पहिला आएका रोकथामका कार्यक्रमहरूले व्यक्तिलाई मादकपदार्थ र अन्य लागुऔषधको असरबारे सही तथ्य प्रदान गरे, लागुऔषध छुटाउने आफ्नै चाख भएकाले उनीहरूको त्यसो गर्न सक्ने भनेतापनि यसले रोकथामको क्षेत्रमा धेरै कम स्वीकार्य भएको सचेतना मात्र फैलाउन सक्यो। यसको अर्थ, अधिकांश व्यक्तिहरूका लागि सामान्य स्वास्थ्य सूचना उनीहरूको लागुऔषध कटौती गर्ने सम्वाहक बन्न सक्दैन।

सुरूवात बाटै, लागुऔषध रोकथाम नार्कोनन तालिम सम्बन्धी सामग्रीहरूले सूचनाको सही सञ्चार र सञ्चारकर्ताको अन्तरक्रियालाई जोड दिँदै आएको छ। सहजकर्ता तालिमले म्याकग्युरेले व्याख्या गरेको सञ्चार सम्बन्धी पाँच मोडेललाई अनुसरण गर्दछ। यस सिद्धान्त अनुसार, प्रभावकारी शिक्षक बन्न उसले स्रोतको ध्यान खिच्न सक्नु पर्दछ, बोधगम्य हुनु पर्दछ, सन्देश बोकेको व्यक्तिलाई स्वीकार गर्नु पर्दछ, त्यस्तो स्वीकार्यता दिर्घकालीन हुनु पर्दछ जुन उचित अवस्थामा कार्यमा बदलिन सक्नु पर्दछ। सही उत्तर दिने क्षमता अनुभव गर्ने मान्यता र त्यस सूचनाको उपयोगिता बारेको पप्रश्नको उत्तर दिन सक्षम भए पछि मात्र हुन्छ।

यस परिणामसम्म, प्रेरणादायक सञ्चारको सहजिकरण तालिम र मल्टि-मिडिया कार्यक्रमका अंगहरूसँगको संयोजन सुझाव योग्य छ। सिद्धान्त, लागुऔषधको प्रकृति र असर सम्बन्धी विज्ञानमा आधारित सूचानाको सञ्चारले विद्यार्थीको निर्णय लिने क्षमता र सजगतामा सहयोग गर्न सक्छ, तर त्यस्ता सूचना सही र विद्यार्थीले समान र प्रशंसा गर्ने खालका हुनु पर्दछ। प्रभावयुक्त प्रतिक्रिया समाहित विद्यार्थीको संतुस्तिको मापन (जस्तै- रमाइलो, विषयवस्तुको मुल्य) को अझ बढी पहिचान गर्नुपर्दछ किनकि तिनीहरूले सही/गलत सूचना छुट्याउने महत्वपूर्ण दृष्टिकोण विकास गर्छन्।

निष्कर्ष

आठ मोड्युल, शैक्षिक पाठ्यक्रमको रूपमा नार्कोनन कार्यक्रमको विस्तृत सैद्धान्तिक धरातल र लागुऔषध प्रयोगको उत्पत्ति, ऐतिहासिक सफल रोकथामका भागहरू छन्।

यस कक्षाकोठामा आधारित कार्यक्रमका सहभागी विद्यार्थीहरूले लागुऔषध दुर्व्यसनी सम्बन्धी व्यवहार परिवर्तन गर्छन् भन्ने सम्भावनालाई समर्थन गर्दछ। यसका साथै, नार्कोनन नेटवर्कले बलियो ‍सँगठनात्मक संरचना प्रदान गर्नुका साथै दिगो र उच्चस्तरको कार्यक्रम प्रबर्धन लागू गर्दछ।

मुल्याङ्कनका क्रममा नार्कोनन लागुऔषध शिक्षा पाठ्यक्रमले यस कार्यक्रममा छ महिनामा पूरा हुँदा परीक्षण गरिएका हरेक वर्गका लागुऔषधमा विश्वसनिय तरिकाले लागुऔषध प्रयोगमा कटौती गरे। यी प्रश्नहरूको एक तिहाइ - जो युवाहरूले प्रयोग गर्ने लागुऔषधहरू जस्तै मादकपदार्थ, सुर्तीजन्य पदार्थ, गाँजा, र कडा लागुऔषध मुल्याङ्कन गर्दैछन्, उनीहरूले लागुऔषधको प्रयोगमा तथ्याङ्किय रूपमा गिरावट आएको देखाए। हालसालै लागुऔषध सेवन गर्न सुरू गरेको भएपनि एम्फेटामाइन र सिफारिस नगरिएको एम्फेटामाइन दुबैको प्रयोग कम गर्नु निकै महत्वपूर्ण कुरा हो। लागुऔषध दुर्व्यसन व्यवहारमा नापिएको कमिहरूमा हुने विश्वसनियता नार्कोनन लागुऔषध शिक्षा पाठ्यक्रमको लागि सबैभन्दा विश्वासिलो रूपमा समर्थन गर्दछ।

लागुऔषध प्रयोगको व्यवहारमा कम गर्न यस कार्यक्रमको क्षमता गलत सन्देशहरूकै बिच पनि रह्यो जसले युवाहरूलाई शसक्तिकरण गर्न, आफ्नो निष्कर्ष निकाल्न र बिशेष गरि आफ्नो अन्तरव्यक्तिगत क्षमता विकास गरि उचित समूहको नियम विकासमा टेवा पुर्‍याउने हो। यी परिवर्तनहरूले जोखिमलाई हेर्ने दृष्टिकोणमा उतारचढाव ल्याउने नतिजा ल्याउँछ र व्यक्ति र समूहमा प्रवृतिहरू सच्याउँछ। जे भए पनि, यस कार्यक्रमका लागि चाहिने कार्य पद्धति अझ बढी राम्रो खाले औजार प्रयोग गरि यस परिकल्पना परीक्षण गर्ने प्रभावकारी विश्लेषणको आवश्यकता पर्दछ। सियसएपि प्रश्नावलीको विकास व्यापक प्रक्रिया भएतापनि लागुऔषध रोकथाम कार्यक्रमका प्रभावकारी अंगलाई छुट्याउन बिशेष गरि सिद्धान्त निर्माणको प्रकाशमा अझ बलियो पद्धति आवश्यकता पर्दछ।

नार्कोनन लागुऔषध शिक्षा पाठ्यक्रमले माध्यमिक विद्यालय तहको लागि स्पष्ट रूपमा सकारात्मक नतिजाहरू देखाउँछ र एउटा महत्वपूर्ण र सशक्त सन्देश सहीत लागुऔषध सेवन नगर्ने कुराको प्रर्बधन गर्दछ। लागुऔषध प्रयोग गर्ने बानीको महत्वपूर्ण कटौतीमा नार्कोनन इन्टरनेश्नलका यी कार्यक्रमका सामग्रीहरू र तिनीहरूको कार्यान्वयनमा सामाजिक विषयवस्तु र सामाजिक प्रभाव सिद्धान्त निहित देखिन्छ, तसर्थ यो कार्यक्रम अत्यन्त सबल, केन्द्रिकृत र लागुऔषध दुर्व्यसनी रोकथाममा महत्वपूर्ण छ।