प्रहरी अधिकारीहरूमा मेथाफेटामाइन जोखिम र पुरानो रोग: सौना-आधारित डिटक्सिफिकेसन चिकित्सामा महत्वपूर्ण सुधार।

जेराल्द एच रोस्स, एम.डि म्यारी ए स्टर्नकुइस्ट, एम.यस
स्टर्नक्वीस्ट, एम्.यस्.सहकर्मी समीक्षा तथा टक्सिकोलोजी तथा औद्योगिक स्वास्थ्यद्वारा प्रकाशन गरिएको, यस ए जि ई प्रकाशन
१६ नोभेम्बर २०११

कार्यकारी सारांश

सार

पृष्ठभूमि: मेडिकल विद्याले मेटाम्फेटामाइन र सम्बन्धित रसायनिक तत्वहरूको बारम्बार सम्पर्कमा आउने कानुन प्रर्वतन कर्मचारीहरूको स्वास्थ्यमा परेको खतरा बारे रिपोर्ट गर्दछ। अधिकांस असरहरू अल्पकालीन देखिन्छन्, तर केही यूठा प्रहरी अधिकारीहरूमा रोजगारसँग सम्बन्धित मेटाम्फेटामाइन सम्पर्कहरूले दिर्घकालीन लक्षणहरू देखिएका थिए भने केही अपाङ्ग समेत हुन पुगेका थिए। यो प्रतिवेदन दिर्घकालीन लक्षणहरू घटाउन र जीवनको गुणस्तर सुधार गर्न तयार गरिएको सौना डिटक्सिफिकेसन प्रोटोकलद्वारा उपचार गरिएका लक्षण देखिएका कर्मचारीहरूको अनियन्त्रित पूर्वव्यापी मेडिकल चार्ट मुल्याङ्कन हो। विधिहरू: यूठा मेथ कोप्स प्रोजेक्टमा लगातार प्रवेश गरिरहेका उनान्सत्तरी जना अधिकारीहरूको उपचार कार्यक्रम अघि र पछि मुल्याङ्कन गरिएको थियो जुन कार्यक्रममा निरन्तर व्यायाम, पर्याप्त मात्रामा पौष्टिक सहयोग र शारीरिक सौना चिकित्सा समावेश गरिएको थिए। RAND जनसङ्ख्या मान्यताहरूको तुलनामा ३६-विषयको छोटो फाराम स्वास्थ्य सर्वेक्षण (यसएफ-३६), प्री- तथा पोस्ट-उपचार स्कोर प्रबलताहरू, न्युरोटक्सिसीटी स्कोरहरू, लघू-मानिसिक स्थिति जाँच, उपस्थिति लक्षण आवृत्तिहरू तथा उपचार कार्यक्रम सुरक्षाको संरचित मुल्याङ्कन समावेश गरिएको थियो। परिणामहरू: तथ्याङ्कीय रूपमा उल्लेख्य स्वास्थ्य सुधारहरू यसएफ-३६ मुल्याङ्कनहरू, लक्षण स्कोरहरू र न्युरोटोक्सिसीटी स्कोर देखिएको थिए। डिटक्सिफिकेसन प्रोटोकल, ९२.८% पूर्णता दर सहित राम्रोसँग सहन गरिएको थियो। निष्कर्ष: यो अनुसन्धानले कडाइका साथ के कुराको जानकारी दिन्छ भने सौना र पौष्टिक चिकित्साको प्रयोगले मेथाफेटामाइन-सम्बन्धी कानुन प्रवर्तनका क्रियाकलापहरूसँग सम्बन्धित रसायनिक सम्पर्कहरू पछि देखिने दिर्घकालीन लक्षणहरूलाई घटाउन सक्छ। यो रिपोर्ट अन्य जटिल रसायनिक सम्पर्कहरू पश्चात देखिने प्रत्यक्ष बिरामीका प्रभावहरू समाधान गर्ने कुरासँग पनि सम्न्धित छ। यो समूहमा सकारात्मक नैदानिक परिणामहरूलाई विचार गर्दा, यो सौनामा-आधारित उपचार रहन-सहन नियमको व्यापक अनुसन्धान यसको एउटा आधार देखिएको छ।

परिचय

मेथाफेटामाइनको लत लागेमा मानिहरूमा गम्भीर स्वास्थ्य समस्याहरू उत्पन्न हुने गर्दछन्, तर निषेधित मेथाफेटामाइन लागूपदार्थसँग सम्बन्धित उल्लेखनिय लक्षणहरूको अनुभव गर्ने थुप्रै कानुन प्रवर्तन कर्मचारीहरूले यसलाई कमै मात्र बुझ्ने गर्दछन्, प्रयोगशाला अनुसन्धानहरू (सीडीसी, २००५) केही समय मात्र यसको लक्षणहरू देखिने भएतापनि, थुप्रै व्यक्तिहरूमा लगातार लक्षणहरू रहिरहे जसले गर्दा तिनीहरूले मेडिकलको सहायता लिनुपर्‍यो।

प्रत्यक्ष रूपमा कमै मात्र रसायनसँग सम्पर्कमा आउनुपर्ने अन्य गतिविधहरूको तुलनामा सक्रिय प्रयोगशालामा काम गर्दा ७- देखि १५-गुणा बढी बिरामी हुने जोखिम रहेको हुन्छ। मार्शल (२०००) का अनुसार, सन् १९९३, “थुप्रै निषेधित लागूपदार्थ प्रयोगशाला अनुसन्धानहरू बढ्ने क्रम जारी रहेको छ, जसले गर्दा प्रति व्यक्ति मेथाफेटामाइन प्रयोगशालाहरू भएका राज्यहरू मध्ये यूठा नम्बर एक राज्य बनेको छ।”

सन् २००७ मा, यूठा इटर्नी जनरलले सेप्टेम्बर ११, २००१ वर्ल्ड ट्रेट सेन्ट आक्रमण तथा विध्वंसको बेलामा सोसँग सम्पर्कमा आएका दिर्घकालीन बिरामी उद्धार तथा कामदारहरूको उपचार गर्नका लागि म्यान्हटनमा सञ्चालित सौनामा-आधारित डिटक्सिफिकेसन आहार नियमको अनुसन्धा गरेको थियो। यूठामा मेथाफेटामाइन ल्याबसँग-सम्बन्धित सम्पर्कहरू पछि बिरामी परेका एकजना वरिष्ठ अधिकारी र एकजना व्यवसायिक फायरफाइटरमा यो उपचार पाएपछि पर्याप्त स्वास्थ्य सुधार आएको थियो।

गैर-नाफामुखी अमेरिकी डिटक्सिफिकेसन फाउण्डेसन (ADF) ले यूठा मेथ कोप्स परियोजना (UMCP) स्थापित तथा प्रयोगमा ल्याएको छ, जसले कर्तव्यपालनको समयमा मेथाफेटामाइन र सम्बन्धित रसायनहरूसँग सम्पर्कमा आएपछि सँगसँगै (तथा पछि) देखिने लक्षणहरू समाधान गर्न हब्बर्ड डिटक्सिफिकेसन प्रोटोकलको प्रयोग गरी यूठा प्रहरी अधिकारीहरूको स्वास्थ्य र जीवनको गुणस्तर अनुगमन गर्दछ।

पद्दति:

अध्ययन समूह, समावेशन,र प्रतिरोध सम्बन्धी मापदण्ड

यो अक्टुबर २००७ र जुलाई २०१० को बिचमा UMCP मा क्रमिक रूपमा प्रवेश गरेका पहिला ६९ जना प्रहरी अधिकाहरूका बारेमा गरिएको पूर्वव्यापी मेडिकल चार्ट मुल्याङ्कन हो। अधिकारीहरूलाई परियोजना कर्मचारीहरूद्वारा, प्रहरी समुदाय भित्र बोलीको भरमा र तिनीहरूका प्रहरी प्रमुखहरू वा काउन्टी शासनअधिकारीहरूद्वारा पहुँच प्रयासहरूको माध्यमबाट भर्ना गरिएको थियो।

प्रतिरोध सम्बन्धी मापदण्ड: गर्भावस्था, ज्ञात सक्रिय क्यान्सर, ह्वीलचेयर-बाउण्ड प्रयोग गर्ने, मनोरोग सम्बन्धी इतिहास, विस्तृत मनोरोग उपचार, वा आत्महत्याका प्रयासहरू प्रतिरोध सम्बन्धी मापदण्ड थिए।

समावेशन मापदण्ड: यूठा भित्र कानुन प्रवर्तन कार्य, (२) कानुन प्रवर्तनका गतिविधिहरू मार्फत सम्पर्कमा आउन पुगेका मेथाफेटामाइनर सम्बन्धित रसायनहरू, र (३) स्थायी मेडिकल लक्षणहरू वा दिर्घकालीन रोगी स्वास्थ्यको आगामी विकास समावेशन मापदण्ड थिए। अधिकारीहरूले समग्र रूपमा पत्ता लागेका कुराहरूको रिपोर्ट, उपचार र परिणाम अनुगमनका लागि लिखित सूचित सहमति दिएका थिए।

मेडिकल निर्देशकले सहभागीहरूलाई तिनीहरूको विस्तृत इतिहास तथा शारीरिक परीक्षण, ई के जि, र रगत विश्लेषण (मेटाबोलिक र थाइराइड प्यानलहरू, हेपाटाइटिस बी, सी र एच्आइभी परीक्षण, पुर्ण रगत गणना, र थाइरोइड प्यानल) अनुसार सहभागी गराइएको थियो। यसबाहेक प्रत्यक्ष सोधपूछले समस्याहरू पत्ता लाग्दा, टेस्टोस्टेरोन स्तरहरू लगायत, थप परीक्षणहरू गरिएका थिए, जसले मुल्याङ्कनलाई आधार दिएको थियो। कमजोर बनाउने खालका लक्षणहरू भएका अधिकारीहरूले केही प्राथमिकता पाएका थिए; कसैलाई पनि मेथ-सम्बन्धी सम्पर्कहरूको संख्या, उमेर, लिङ्ग, वा प्रहरी दर्जाका आधारमा पक्षतापूर्ण उपचार प्रदान गरिएको थिएन।

बिरामी हुनेहरूमा गुप्तचर, नार्कोटिक्स, र विशेष हातहतियार तथा रणनितीहरू (SWAT) का अधिकारीहरू थिए जो थुप्रै यूठा शहरी तथा काउन्टी क्षेत्राधिकारहरू, यूठा हाइवे प्याट्रोल (UHP), अध्यागमन तथा भन्सार प्रवर्तन, डि ई ए आबद्ध अधिकारीहरू, र रसायनिक प्रयोगशाला विश्लेषणहरूले गर्दा सम्पर्कमा आएका अधिकारीहरू थिए।

हस्तक्षेप: स्ट्याण्डर्ड हुब्बर्ड सौना डिटक्सिफिकेसन प्रोटोकल। (हब्बर्ड १९९०)

परिणाम मुल्याङ्कनहरू

लक्षणमा आएका परिवर्तनहरू र जीवनको गुणस्तर आधाररेखा इतिहास र शारीरिक परीक्षण, फ्लो-अप अन्तर्वार्ताहरू, र प्री- तथा पोस्ट-उपचार मुल्याङ्कनहरूको प्रयोग गरी मुल्याङ्कन गरिएको थियो:

  1. आरएएनडी ३६-विषयको छोटो फाराम स्वास्थ्य सर्वेक्षण (यसएफ-३६) ले उपचार अघिको 4-हप्ते स्वास्थ्य-सम्बन्धी जीवनको गुणस्तरको मुल्याङ्कन गरेको थियो। आरएएनडि यसएफ-३६ को स्कोरिङ संयन्त्र मेडिकल आउटकम्स ट्रस्टद्वारा इजाजत-पत्र प्रदान गरिएको भन्दा फरक हुन्छ र यसले कार्यात्मक क्षमता र शारिरिक तथा मानसिक तन्दुरूस्तिको 9-स्केलको प्रोफाइल निर्माण गर्दछ। यसएफ-३६ स्कोर प्री र पोस्ट-उपचार आर ए एन डि संयुक्त राज्यका वयस्क जनसङ्ख्याको मान्यतासँग पनि तुलना गरिएका थिए।
  2. हब्बर्ड आहार-नियम प्रयोग गरी नैदानिक व्यवस्थाहरू गर्नका लागि फाउण्डेसन फर एड्भान्समेन्ट इन साइन्स एण्ड एजुकेशननद्वारा अघिल्ला ४ हप्ताका लक्षणहरू, बिरामी हुँदाका दिनहरू, र सुताइको शैलीहरूको ५०-विषयको प्री र पोस्ट- उपचार सर्वेक्षणको विकास गरिएको थियो।
  3. सिङ्गर (२००६) का मापदण्डहरूमा आधारित १३-विषयको पूर्व तथा पश्च उपचार न्यूरोटोक्सिसीटी प्रश्नावलीले अघिल्ला ३ हप्ताका समस्याहरूलाई मुल्याङ्कन गरेको थियो जसमा जलन, सामाजिक सम्बन्ध-विच्छेद, घट्दो उत्प्रेरणा, वर्तमान स्मृति, एकाग्रचित्त, मानसिक सुस्ति/भ्रम, निद्रामा गडबडी, थकान, टाउको दुख्ने बारम्बारता तथा गम्भीरता, यौनिक दुष्क्रिया, अत्याधिक असंवेदनशीलता, र घट्दो मानसिक तीक्ष्णता, ०-१० लिकेर्ट-टाइप मात्रा।
  4. लघु-मानसिक स्थिति जाँच।
  5. दैनिक रिपोर्ट फाराम: तालिम-प्राप्त कर्मचारीहरूद्वारा हरेक दिनको उपचारको बेला रेकर्ड गरिएका महत्वपूर्ण संकेतहरू/घटनाहरूको संरचित सारांश हो, जसमा अवाञ्छनीय असरहरू (उपचारसँग सम्बन्धित होस् वा नहोस्) पर्दछन्।

सुरक्षित मुल्याङ्कनका लागि, प्रोटोकलका कुनैपनि प्रतिकूल घटनाहरू वा अवरोधहरूलाई दैनिक रिपोर्ट फाराममा देखाइन्छन् र मेडिकल निर्देशकद्वारा मुल्याङ्कन गरिन्छन्।

परिणामहरू

उपचार अवधि तथा सम्पन्न दरहरू

औसत ४४.६ वर्ष उमेरका, कूलमध्ये ६६ पुरूष र ३ महिलालाई क्रमश ९२.८% समापन दर सहित नामङ्कित गरिएका थिए भने; ५ पुरूषहरूले उपचार पुरा गरेका थिएनन्। उपचार पूरा गरेका ६४ बिरामीहरूका लागि औसत उपचार अवधि ३३ दिन थियो।

भर्ना मुल्याङ्कनमा रेकर्ड राखिएका ५०% भन्दा बढी अधिकारीहरूमा लक्षणहरू देखिएका थिए जसमा थकान: ९६%, अनिन्द्रा: ९१%, टाउको दुख्ने: ९०%, निराशा:८१%, व्यक्तित्व परिवर्तन: ७८%, हात र/वा खुट्टामा संवेदनहीनता: ७७%, होस हराउने: ७७%, एलर्जीको इतिहास: ७५%, कमजोर एकाग्रता: ७५%, ढाड दुख्ने: ७१%, जोर्नी दुख्ने: ७१%, काम गर्दा सासफेर्न गार्‍हो हुने: ७०%, छाला चिलाउने: ६८%, उत्कण्ठा/उदासीपन: ६५%, पेटमा ग्याँस/दुखाइ:६५%, साइनसाइटिस/रक्तसञ्चय: ५५%, र घाँटी दुख्ने: ५२% रहेका थिए।

भर्नामा असामान्य कुरा पत्ता लागेका अधिकारीहरूको प्रतिशत: पत्ता लागेका असामान्य कुराहरूमा उच्च रक्त बोसो: ५८%, उच्च थाइराइड कार्य परीक्षणहरू: ४१%, पोजेटिभ रोम्बरगिज्म (“मिलाएर हिँड्न” मा नहेरिकन सन्तुलन कायम राख्न असक्षम हुनु): ३५%, उच्च-रक्तचाप: २८%, उच्च रक्त ग्लुकोज: १९% , न्यून रक्त टेस्टोस्टेरोन: १७%, र न्यून ब्लड थाइराइड: १७% समावेश थिए।

आहार नियम सुरक्षा

असहजताहरू वा अन्य “प्रतिकूल घटना” (जुन वाक्यांशको अर्थ भावनात्मक वा रोग-जस्ता लक्षणहरू भन्ने हुन्छ) ले कार्यक्रम सञ्चालनमा खासै बाधा पुर्‍याएको थिएन। उदाहरणका लागि हरेक सहभागीले नियासिनद्वारा सामान्यतया हुने अस्थायी धब्बा देखिने वा चिलाउने जस्ता समस्याको अनुभव गरेका थिए तर यसले कार्यक्रम सञ्चालन गर्न तथा पूरा गर्न कुनै बाधा पुर्‍याएको थिएन। तालिका २ ले थुप्रै सहभागीहरूले उदासी महशुस हुने, क्षणिक खोकी लाग्ने, थकान लाग्ने आदि जस्ता अस्थायी प्रभावहरू महशुस गरेका थिए। यी सबै अस्थायी थिए र कुनै मेडिकल परामर्शको आवश्यकता परेन। अनिन्द्राले कहिलेकाहीँ कार्यक्रम वितरणलाई परिवर्तन गरेको थियो। पूर्णतया निदाउन नसकेको भोलीपल्ट कार्यक्रम न्यून मात्रामा वितरण गरिएको थियो। दुईजना अधिकारीहरूलाई बाथरोग भएको थियो, तीमध्ये एउटाले कार्यक्रम नै छोडेका थिए।

आरएएनडि यसएफ-३६ स्कोरहरू:

स्वास्थ्यसँग सम्बन्धित जीवनको गुणस्तरमा परिवर्तन

रेखाचित्र २ ले आहार नियम पूरा गरेका अधिकारहरूका लागि आरएएनडि विधि प्रयोग गरी गणना गरिएको यूयस् जनसङ्ख्या मान्यताहरूसँग तुलना गरिएका औसत पूर्व- तथा पश्च-उपचार यसएफ-३६ स्कोरहरूलाई ग्राफिक शैलीमा देखाउँदछ।

अधिकारीका पूर्व-उपचार स्वास्थ्यसँग सम्बन्धित जीवनको गुणस्तरका औसत मानहरू शारीरिक स्वास्थ्यका कारण कार्यमा आएका सीमाहरू र भावनात्मक समस्याहरूको कारण कार्यमा आएका सीमाहरू बाहेकका सबै नौवटा उप-स्केलहरू आरएएनडि जनसङ्ख्या मानदण्डहरू भन्दा उल्लेखनीय रूपमा कम थिए। अधिकारीहरूका पश्च- उपचार स्कोरहरूले पूर्व-उपचार स्कोरहरूको तुलनामा तथ्याङ्किय रूपमा महत्वपूर्ण सुधारहरू देखाएका थिए। आरएएनडि जनसङ्ख्या मानदण्डहरूको तुलनामा सबै उप-स्केलहरूका लागि कर्मचारीहरूका पश्च-उपचारका स्कोरहरूमा महत्वपूर्ण रूपमा सुधार पनि आएको थिए।

लक्षणहरूको गम्भीरता र कमजोर स्वास्थ्य दिनहरू

औसत प्री र पोस्ट-उपचार लक्षण गम्भीरता स्कोरहरूलाई रेखाचित्र ३ मा देखाइएको छ र प्री-उपचारको तुलनामा यिनीहरूमा उल्लेखनीय रूपमा कमी आएको छ।

बिरामीहरूद्वारा रिपोर्ट गरिएका रिपोर्टहरू:

  1. ९.३ दिनको कमजोर शारीरिक स्वास्थ्य प्री-उपचार, समापन सम्ममा १.८ दिनमा सुधार;
  2. ६.३ दिनको कमजोर मानसिक स्वास्थ्य प्री-उपचार समापन सम्ममा १.४ दिनमा;
  3. ४.३ दिनको कमजोर स्वास्थ्यका कारण सिमित गतिविधिहरू प्री-उपचारको तुलनामा समापन समयसम्म ०.२ दिनमा; र
  4. २.० बिरामी दिन प्री-उपचारको तुलनामा समापन समयसम्म ०.३ दिनमा।

सुताई शैलीहरू

प्री-उपचारमा सहभागीहरू एक रातमा औसत ५.८ घण्टा निदाउने गर्दथे, जुन समापनसम्म आइपुग्दा ७.६ घण्टामा सुधार भएको थियो।

न्यूरोटोक्सिसीटी स्कोरहरू

यो प्रश्नावली अधिकारी #२० अगाडी वितरण गरिएको थियो। अपूर्ण डाटा बाहेक, प्री तथा पोस्ट-उपचार प्रतिक्रियाहरूका ३८ जोडाहरू मिलेका थिए (८४.४% प्रतिक्रिया दर)। प्री-उपचार न्यूरोटोक्सिसीटी औसत स्कोर ६५.५ थियो, जबकि पोस्ट-उपचारको औसत स्कोर १४.६ थियो।

लघु-मानसिक स्थिति मुल्याङ्कन

३०-बिन्दुको स्केलमा, २५ भन्दा तलका स्कोरहरूले उल्लेख्य संज्ञानात्मक दुष्क्रियालाई इंगित गर्दछन्। औसत प्री- तथा पोस्ट-उपचार स्कोरको तुलनामा कुनै औसत दर्जाको परिवर्तन पत्ता लागेको थिएन।

छलफल

प्रहरी अधिकारीहरूलाई सामान्यतया सुदृढ शारीरिक योग्यताहरू र मानसिक स्थिरताको आवश्यकता पर्दछ। काम चयन गर्ने मापदण्डको तुलनामा, यो परियोजनामा उपचार गरिएका अधिकारीहरूमा रासायनिक सम्पर्कसँग मिल्दा दिर्घकालीन दुर्बल बनाउने खालका लक्षणहरू थिए।

६९ जना व्यक्तिहरूको यो सानो समूहमा, १७% बिरामीहरूको २ उप-समूहमा थाइराइड र/ वा कम टेस्टोस्टेरोनको स्थिति देखिनु अचम्मलाग्दो छ। संयुक्त राज्य अमेरिकामा हाइपोथायरायडिज्मको प्रसार लगभग ५% छ। पहिले देखि रहेको थाइराड असन्तुलनले अधिकारीहरूमा दिर्घकालीन रोग लाग्ने सम्भावना बढी हुन्छ, तर वातावरणीय रसायनहरू र न्यून थाइराइड फंक्शन बिचको सम्बन्धलाई विचार गर्दा, न्यू थाइराइडको स्थिति मेथाफेटामाइनसँग सम्बन्धित प्रत्यक्ष सम्पर्कहरूको कारणले हुन सक्ने देखिन्छ।

साथै असामान्य मानिएको दीर्घकालीन बिरामी स्वास्थ्य मध्येको साधारण लक्षण थियो। ७५% भन्दा बढी अधिकारीहरूले निम्न नौ लक्षणहरू रिपोर्ट गरेका थिएः थकान, अनिद्रा, टाउको दुख्ने, मुटुमा जलन, व्यक्तित्व परिवर्तन, हात र/वा खुट्टामा संवेदनहीनता, होस हराउने, एलर्जीका लक्षणहरूको पूर्व इतिहास, र कमजोर हुने। यो लक्षण समूहले "आम सम्पर्कहरू" "आम लक्षणहरू" मा सक्रिय हुनसक्ने सम्भाव्यता बढाउँछ। यो लक्षण ढाँचाले भविष्यमा अनुसन्धानकर्ताहरू उपचार व्यवसायीहरूलाई मेथाफेटामाइन-सम्बन्धी जोखिमहरूलाई अझ् राम्ररी बुझ्न र वर्गीकरण गर्न सहयोग गर्न सक्छ। मेथाफेटामाइनको-सम्पर्कमा आएका अधिकारहरूका “प्री-उपचार” यस एफ -३६ स्कोरले थप पीडा, थप थकान, र सामान्य जनसङ्ख्याभन्दा उल्लेखनिय रूपमा अझ् खराब स्वास्थ्यको संकेतलाई इंगित गरेका थिए।

यो यस विषय-वस्तु भित्र थियो जहाँ हब्बर्ड सौनामा-आधारित उपचार प्रोटोकल प्रयोग गरिएको थियो। रसायनिक सम्पर्कहरू र/वा प्रदुषणका कारण दिर्घकालीन लक्षणहरू देखिएका कारण बहुपक्षीय "डिटक्सिफिकेसन कार्यक्रम" एउटा उपयुक्त दृष्टिकोण बनेको थियो।

हामीलाई थाहा भएसम्म, यो पहिलो पल्ट गरिएको सौनामा-आधारित“डिटक्सिफिकेसन कार्यक्रम” लाई मेथाफेटामाइनको सम्पर्कमा आएका प्रहरी अधिकारीहरूमा मुल्याङ्कन गरिएको थियो। अधिकांशले न्यूनतम असहजता वा असुविधामा आहार-नियम पुरा गरेका थिए, जसले आफ्ना लक्षणहरूमा उल्लेखनिय रूपमा कमी आएको र पर्याप्त मात्रामा स्वास्थ्य र जीवनको गुणस्तरमा सुधार आएको पाएका थिए। यसले के कुरा सिकाउँछ भने यस कार्यक्रमले कुनैपनि ठाउँमा यसरी नै सम्पर्कमा आएका प्रहरी अधिकारीहरूलाई मद्दत पुर्‍याउन सक्छ।