नार्कोनन ग्रेजुएटकी हजुरआमा
स्यान्डी डब्ल्यु.

मेरी नातिनी निकै राम्री र भाग्यमानी थिइन। उ निकै उत्साही र लोकप्रिय थिइन। हामीले उसमा केही परिवर्तन अनुभव गर्न थाल्यौं। उ सधैँ थकित देखिन थाली। उ परिवारले चाहेको कुनै पनि काममा सहभागी हुन चाहन्नथी। जुन वयस्कहरूको विशेषता नै हो। तर, थकावट किन हो मैले बुझ्न सकिन। यो कुरा मैले उनकी आमालाई पनि भने “किन उनी यति थकित छिन? म बूढी मान्छे त यति थाक्दिन।” भनेर भने। मैले केही बुझ्नै सकिन।

उनले हिरोइन लिन थालिन्। यो कुरा आमालाई थाहा भएछ। उनले छोरीलाई डाक्टरकोमा लगिन्। डाक्टरले हिरोइनको संसारबाट बाहिर ल्याउने प्रयासस्वरूप केही औषधी लेखिदिए। उनले औषधी खाएको केही दिनमै, त्यसले काम पनि गर्न थाल्यो। उनले यो औषधी खानुभन्दा इन्जेक्सनबाट लिँदा छिटो र राम्रोसँग काम गर्छ भन्ने निष्कर्ष गरिन र त्यसै गरिछन्। त्यसले त झन्डै उनलाई मृत्युको मुखमा पुर्‍याएको थियो।

म त्यतिखेर नै आए। अनि हामीले दिनभरी नै उनलाई सहयोग गर्न सक्ने ठाउँको खोजीमा कम्प्युटर र टेलिफोनमा दिन बितायौं। त्यसै क्रममा नार्कोननमा फोन लगायौं।

त्यो नै एउटा सफल कथाको थालनी थियो।

नार्कोनन आएपछि मेरी नातिनी पहिलेको तुलनामा पूरै फरक व्यक्ति भइन। उनलाई आफ्नो विषयमा जानकारी भयो र अरूलाई पनि मद्दत गर्न चाहिन्। यसले उनलाई निकै मद्दत गर्‍यो।

यो खुशी बाहिर नै झल्किन्थ्यो। यसको बयान गर्ने अरू कुनै तरिका नै छैन। तपाईं आफ्ना बालबच्चालाई निकै माया गर्नुहुन्छ र उनीहरू जब खराब बाटो लाग्छन् उनीहरू पूर्ण रूपमै बिग्रिन र उनीहरू फेरि पहिलेकै अवस्थामा फर्किन पनि सक्छन्। उनी एकदम ठीक छिन्। एकदम ठीक।

थप भिडियोहरू