"म कस्तो मानिस हुँ भनी थाहा पाए"

म लगभग चार-पाँच ठाउँमा पार्ट-टाइम काम गर्न थाले र आफूलाई कुलतबाट छुँट्कारा दिन मद्दतका लागि पर्याप्त पैसा कमाउने प्रयास गरिरहेको थिए। मेरी आमाको हड्डी क्यान्सरले निधन भयो र कार दुर्घटनामा मेरो सबैभन्दा असल साथी गुमाए। आइपरेका त्यस्ता दुःखको सामना कसरी गर्ने भन्ने मलाईं थाहा थिएन।

म काममा ढिलो जान थाले। काममा लापरवाही गर्न थाले। मैले घरका लागि आवश्यक सामान, खाना र अन्य चिज किन्न बचाएको पैसा लागुऔषधमा खर्च गर्न थाले। मलाईं अब यो रोक्न सक्दिन भन्ने लागिसकेको थियो। मैले झन बढी कुलतमा फस्दै गए। मैले अब देखि लागुऔषध प्रयोग गर्दिन भनेर प्रयास पनि गरे। तर म बिरामी परे, मलाईं गाह्रो भयो, ढाड भाँचिए जस्तो अनुभव हुन थाल्यो, मर्न लागे जस्तै भयो। मैले छोड्न सकेन र बुबासँग मद्दतको लागि कुरा गरे।

जब हामीले नार्कोननबारे सुन्यौं, वास्तवमा जीवनको सीप र आफूलाई सुधार्ने क्षमतामा वृद्धि गर्नमा त्यो ग्रूप थेरापीभन्दा निकै बढी व्यवहारिक थियो जसले गर्दा म आफू कमजोर भएको ठाउँमा उनीहरू कहिले पनि कमजोर पर्दैनथे, र मैले त्यसपछि ती चिजलाई फेरि रोज्नु पर्थेन।

यस्तै प्रकारको समस्या भोगिरहेका थुप्रै विद्यार्थीहरू लगायत त्यहाँका कर्मचारीहरू निकै सहयोगी थिए। उनीहरूले मलाईं त्यो नरकबाट बाहिर आउन मद्दत गरे, जहाँ म बाँचिरहेको थिए। मैले सौना सकेपछि आफूलाई निकै आरामदायक भएको अनुभव गरे। मलाईं आफू निकै जवान महसुस गरे। ‍मैले आफूलाई घिनलाग्दो र पियक्कड जस्तो अनुभव गरिन। मैले आफूलाई एकदमै तन्दुरूस्त महसुस गरे। मैले मेरो शरीर ठीक भएको महसुस गरे। मैले आफूलाई पहिलाको जस्तै अनुभव गरे।

उक्त कार्यक्रमबाट सिकेको सबैभन्दा राम्रो कुरा म कस्तो व्यक्ति थिए र मैले कुनै कुरा पनि लुकाउनु हुँदैनथ्यो। मैले सजिलो अनुभव गर्नका लागि लागुऔषध प्रयोग गर्नु पर्दैनथ्यो। आफूलाई चुस्त राख्न लागुऔषध लिनु पर्दैनथ्यो। म एउटा छुँट्टै व्यक्तित्व हुँ र मैले आफूलाई चिन्न सिके। र तपाईंले आफूलाई चिनेर तपाईं जस्तो हुनुहुन्छ त्यसैमा खुशी रहनु भन्दा ठूलो कुरा दुनियामा केही पनि छैन।

थप भिडियोहरू