नयाँ परिप्रेक्ष्य

नशालु पदार्थको समस्या मेरा लागि निकै जटिल थियो किनभने मैले कोकिन लिन थालेको २१ वर्ष भइसकेको थियो।

म मेरो आफ्नै दुनियामा हुन्थे। पारिवारिक जमघट पनि खल्लो हुन्थ्यो। त्यहाँ पनि म आफै पछुँताउँदै, दुखी हुँदै लागुपदार्थ नै सेवन गर्थे।

म पूरै कुलतमा फसिसकेको थिए। यसबाट कसरी बाहिर आउने, थाहा थिएन।

कार्यक्रम भरीकै सौना सबैभन्दा राम्रो उपाय थियो किनभने त्यतिबेला मेरो शारीरिक प्रणालीबाट लागुपदार्थको अवशेष निस्केको म आफैं देख्न सक्थे। त्यो विधि अपनाउँदा मेरो शरीरबाट पसिना बगेको थियो – सेतो। पसिनाबाट सबै विषालु पदार्थ बाहिर आएको थियो।

मेरो जीवनको सम्पूर्ण ध्यान, सोच्ने दृष्टिकोण अझ प्रस्ट हुँदै गयो। मेरो आत्म विश्वास दिनदिनै बढ्दै थियो। लागुपदार्थको सेवन नगरी निश्यच नै म कुनै पनि कुराको सही निर्णय गर्छुँ भनी आफैमा विश्वस्त थिए।

यसले मलाईं पूर्ण रूपमा पहिले जस्तै बनायो। मैले आफ्नो वास्तविक जीवन प्राप्त गरे।

मेरो भाई-बहिनी, मेरा आमाबुवा मलाईं पहिले जस्तै देखेर निकै खुशी थिए। यसपछि तपाईंले आफूलाई समूहको एउटा अङ्ग महसुस गर्नुहुन्छ। तपाईं एक्लो महसुस गर्नुहुन्न।

थप भिडियोहरू