नार्कोनन ग्रेजुएटकी दिदी
म्यागी यफ.

उहाँ मेरी दिदी। उहाँ नर्स हुनुहुन्थ्यो त्यसैबेला उहाँको ढाडमा चोट लागेकाले सधैँ केही न केही समस्या आइरहन्थ्यो। मलाईं लाग्छ त्यहाँबाट नै सबै कुरा सुरू भएको थियो।

उहाँको सम्बन्ध विच्छेद भयो। उहाँको जीवनको यस्तो अवस्थामा पुग्नुभयो जहाँ परिस्थिति खराब बन्दै गयो। मादकपदार्थ सेवन गर्नुहुन्थ्यो। मलाईं साँच्चिकै थाहा छैन त्यो बेला उहाँले अरू के–के लागुऔषध सेवन गर्नुभयो तर, उहाँ नराम्रो अवस्थामा हुनुहुन्छ भन्ने मात्र मलाईं थाहा थियो।

त्यसपछि उहाँ लागुऔषध र मादकपदार्थको दुष्चक्रमा फस्नुभयो। उहाँ र म बिच धेरैपटक विवाद पर्‍यो। म उहाँका केटाकेटीलाई केही समय बस्नका लागि आफूकहाँ ल्याउँथे।

उहाँ पूरै अनियन्त्रित हुनुहुन्थ्यो। मैले ओभरडोजकै कारण दुईपटक त उहाँलाई अस्पतालमा ICU मा राखे। मलाईं उहाँ अब बाँच्नुहुन्न जस्तो लागेको थियो। मैले केही नगरेको भए उहाँ मर्नुहुन्थ्यो।

यो सबैलाई थाहा हुँदाहुँदै पनि उहाँ “अब म यस्तो गर्दिन, म पिउँदिन...” भनेर भन्ने गर्नुहुन्थ्यो। म तपाईंलाई मद्दत गर्दैछुँ भनेर भने, म तपाईंलाई पहिला देखि नै चिन्छुँ। मेरा बच्चाले पनि तपाईंले अनौठो गरेजस्तो ठान्छन्।” अनि त्यो कुरा उहाँले पनि स्वीकार्नुभयो। उहाँ नार्कोनन जानुभयो।

म निर्धक्क भएर भन्न सक्छुँ उहाँ अहिले पूरै फरक व्यक्ति बन्नुभएको छ।

म कति आभारी छुँ भन्ने कुरा म बताउनै सक्दिन। उहाँ अझै पनि नार्कोननमा काम गर्नुहुन्छ। उहाँले अरूलाई पनि मद्दत गरिरहनुभएको छ। उहाँको मनमा अझैपनि यसलाई जित्न सकेन भन्ने लाग्थ्यो र अन्त्यमा उहाँले यसलाई जित्नुभयो।

उहाँ सामान्य बन्दै गइरहनुभएको छ। केटाकेटीको माया गरेर उहाँको वरिपरि आउँछन्। उहाँ सबै गतिविधिमा सक्रिय हुनुहुन्छ। साँच्चिकै असेचनीय परिवर्तन।

थप भिडियोहरू