क्रिस्टल मेथ मुक्त हुनुहोस्

मलाईं मनपर्ने औषधी क्रिस्टल मेथ थियो। यसको थोरै प्रयोगले पनि, मेरो दिमागमा भएको सबै कुरा हराउँथ्यो।

असल खराब कहिल्यै सोचिन, मात्र सेवन गरिरहे। यसमा मेरो नियन्त्रण रहेन। मेथले मलाईं लास भएको अनुभव गरायो।

मेरो जीवनमा हुन सक्ने सबैभन्दा खराब चिज यही थियो।

मेरो मतलब, यो मेरो परिवार र साथीका लागि निकै महँगो भयो। मेरा लागि पनि। मैले आफ्नो साथसाथ सबै चिज गुमाए।

धन्न, त्यहीबेला मेरी दिदीले नार्कोनन फेला पार्नुभयो।

सौना क्रममा म राम्रोसँग निदाउन थाले। मेरो छाला राम्रो हुँदै आयो। तौल बढ्न थाल्यो।

यो पुनर्जन्म थियो।

यसले मलाईं हरेक कुराबाट पुनर्जीवित बनायो– शारीरिक र मानसिक दुवै कोणबाट। म अझ राम्रो सोच्न सक्ने भए। सिधै काम गरिहाल्नुभन्दा केही सोचविचार गरेरमात्र कदम चाल्न थाले।

भोलिको दिन हासिल गर्ने उपलब्धि देख्ने गरी बिउँझिन पाइयोस् भन्ठान्दै सुत्न जान्थे।

मैले मेरो परिवार फिर्ता पाए। मैले आफैंलाई पनि फिर्ता पाए। मैले फेरि बाँच्न चाहे। सफलताको शक्ति हासिल गरे। त्यति मात्रै नभएर मैले मानवताप्रतिको सहानुभूति फिर्ता पाए।

थप भिडियोहरू