कुनैपनि लागूपदार्थ सुधार कार्यक्रममा, परिणामहरू फरक हुन्छन्।
|
|||
ग्रेजुएटहरू यसो भन्नुहुन्छ | ग्रेजुएटका परिवारले यसो भन्नुहुन्छ | ग्रेजुएटको कथाहरू | सार्वजनिक सेवाको घोषणा |
मादकपदार्थबाट छुट्कारा पाउनुहोस्।
नार्कोनन ग्रेजुएट
जेसिका पी.
म हुर्किउन्जेल वेलबुट्रिन होस् वा पाक्सिल वा जोलोफ्ट वा लेक्सिप्रो सबैतिर केही न केही गडबडी भइरह्यो। त्यसैले, मेरो वयस्क उमेरमा पनि यस्तै रह्यो भन्नुपर्दा केही न केही नराम्रै भइरह्यो, तर म केही वास्ता गर्दैनथे। मादकपदार्थ एउटा मात्र त्यस्तो तरिका थियो जसले यी सबै कुराहरू बिर्सन सजिलो हुन्थ्यो।
यसले मेरो सबै चिन्ता हटाउँथ्यो। मेरो मनको खिन्नता यसैले हटाउँथ्यो। म आफ्नो खुशी सबैसँग बाँड्ने गर्थे। म सबैसँग खुशी हुन सक्थे। राती दुःखी हुँदा म जहिले पनि मादकपदार्थ सेवन गर्थे। दिक्क लाग्दा मैले पिउने बाहाना पाउँथे। म फसिसकेको थिए। मैले कसलाई हानि पुर्याइरहेको छुँ भन्ने मलाईं वास्ता थिएन, खासगरी मैले स्वयम्लाई हानि पुर्याउँदा पनि मलाईं कुनै वास्ता हुँदैन्थ्यो।
नार्कोनन कार्यक्रममा रहँदा यसको हरेक भागमा मैले आफ्नो बारेमा पूर्णरूपमा जान्ने मौका पाए। म बिस्तारै मानिसहरूसँग घुलमिल हुन थाले, उनीहरूसँग बसेर हाँसोठट्टा गर्न थाले र म अझ बढी घुलमिल हुँदै गए।
नार्कोननले मेरो जीवन फिर्ता दियो। यसले मलाईं पहिले जस्तै बनायो। म फेरि हाँस्न थाले। म फेरि तन्दुरूस्त भए। यसले मलाईं खुशी र जीवनमा आवश्यक पर्ने सबै कुराहरू दियो। यस कार्यक्रमले तपाईंको परिवार, इष्टमित्रसँग बसेर रमाउने, नयाँ-नयाँ कुराहरू गर्ने, घुम्न जाने र केही आनन्दजनक कुरा गर्न मद्दत गर्दछ।
यसले मलाईं यति धेरै कुरा दिएको छ कि मसँग त्यसलाई व्यक्त गर्ने शब्द नै छैन। यहाँ नआएको भए म आजको अवस्थामा हुँदैनथे। धन्यवाद नार्कोनन।