नार्कोनन कार्यक्रम

ग्रेजुएटका परिवारको धारणा

नार्कोननलेले गर्दा मैले मेरी स्मार्ट, पढेलेखेकी, खुशी छोरीलाई पुनः पाए, यसलाई तपाईंले एउटा सफलताको कथा भन्न सक्नु हुन्छ। म कृतज्ञ छुँ कि मजस्ती धेरै आमाले यो सहयोग पाए र यसैका कारण म हरेक बिहान मेरी छोरी फिर्ता पाएकोमा मुस्कुराउँदै ओछ्यानबाट उठ्न सक्छुँ।


“मेरो भाइ १० वर्षदेखि हिरोइनको कुलतमा थियो। संसारमा भएका सबैजसो कार्यक्रममा लगेर उसलाई निको पार्ने प्रयास गरियो उ एक्लो र झन्डै मर्ने अवस्थासमा समेत पुगिसकेको थियो। हामीले अन्त्यमा नार्कोनन फेला पार्‍यौ र त्यसपछि उ लागुऔषधमुक्त भयो।"


“नार्कोननमा मादकपदार्थबाट छुटकारा पाउन मेरो श्रीमानले तीन महिनेउपचारात्मक कार्यक्रम पूरा गर्नुभयो। यसअघि उनको अवस्था निकै खराब थियो र पूर्ण रूपमा खराब भएकाले, त्यसबाट मुक्त हुन केही वर्ष धेरै पटक मादकपदार्थ छाड्ने प्रयास गरे तर सकेनन्। उहाँ यतिबेला राम्रो व्यवहार गर्नुहुन्छ र मानसिक र शारीरिक रूपमा सशक्त भएको देख्दा म खुशी छुँ। हामी पुन: सामान्य जीवन बाँचिरहेका छौं।”


”आठ वर्षअघिको त्यो दिनदेखि मेरी दिदी लागुऔषधमुक्त छिन्। नार्कोनन कार्यक्रम हुँदैनथ्यो भने मैले यस्ती स्वस्थ मेरी दिदी फिर्ता पाउँदिन थिए। उहाँको जीवन बचाउन मलाईं सही ठाउँ देखाउनुभएकोमा म हरेक दिन ईश्वरलाई धन्यवाद दिन्छुँ।


”नार्कोननले स्थापना गरेका कर्मचारीहरूको निजी समर्पण र सुधार कार्यक्रम बिना मेरो छोरो आज जीवित देख्न सक्दिन थिए। उ लागुऔषधमुक्त, स्वस्थ र खुशी छ। नार्कोननमा उसले पाएको निजी स्याहार र अमुल्य सिकाइका कारण उ समाजको एउटा उत्पादनशील सदस्य बनेको छ।"


“ठ्याक्कै भन्ने हो भने नार्कोननले मेरो बुवालाई बचायो। जीवन तपाईं जस्तो बनाउनु हुन्छ त्यस्तै हुन्छ र लागुऔषधले तपाईंलाई संसारमा आफू लगायत कुनै पनि कुराको वास्ता छैन भन्ने कुरा नार्कोननले मेरो बुवालाई सिकायो।



“मलाईं नार्कोननसम्म लग्नुभएकोमा ईश्वरलाई धन्यवाद। म नार्कोनन प्रति कार्यक्रमका लागि ज्यादै कृतज्ञता व्यक्त गर्दछुँ जसले ३५ वर्षदेखि कुलतमा फसेकी छोरीलाई पाँच वर्ष यता एउटी असल व्यक्ति बनायो। उ अहिले आफ्नो समुदायमा उत्पादनशील व्यक्ति बनेकी छिन्। उनले आत्मबल पाएकी छिन्। उनले आफ्नो र आफ्नो सन्तानको जीवनमा खुसियाली र पूर्णता ल्याएकी छिन्। उनी अहिले आनन्द र खुशीमय जीवन मन पराउँछिन्। उनी आफ्नो जीवनमा खुशी छिन् !”


”मेरो छोरोले यो जीवनदायी कार्यक्रम पूरा गर्नाले हाम्रो परिवार पुनर्स्थापित भयो। उ अहिले यो समुदायको निकै राम्रो सदस्य बनेको छ। एउटी आमाका लागि आफ्नो सन्तान फिर्ता पाउनुजस्तो खुशीको कुरा अरू छैन। यस खुशीको कुनै मूल्य नै छैन।"


नार्कोनन आउनुभन्दा पहिले मेरो दाइलाई हामीबाट टाढा जाँदै थियो। उसको आतंकित पार्ने व्यवहार र व्यक्तित्व उसको बाहिरी अनुहारसँग ठ्याक्कै मिल्थ्यो। नार्कोनन कार्यक्रमका कारण लागुऔषध प्रयोग गर्नुअघिको जस्तै स्वस्थ, राम्रो व्यक्ति बन्न र परिवर्तन हुन सक्षम भयो।

“नार्कोननकले गर्दा मैले मेरो छोरा फिर्ता पाए र उ पनि पहिले जस्तै भएको छ। कुलतबाट तुरून्तै छुट्कारा पाउन सकिदैन। यही कुराले त यसलाई एउटा उत्तम कार्यक्रम बनाउँछ।”

”नार्कोनन कार्यक्रमका मार्फत मैले मेरो दाजु परिवर्तन भएको देखे। फ्लोर लेयरमा काम गर्दैछ। उसकी एउटा सुन्दर प्रेमिका छ, चाँडै उसँग बिहे पनि गर्दैछ। उसले सबै ऋण पनि तिरिसक्यो र एउटा घर किन्नका लागि वचत पनि गरिरहेको छ। नार्कोननले उसलाई उसले सिर्जना गरेको घरेलु समस्या र हिंसाप्रति जिम्मेवारी लिन र समस्या तथा अप्ठ्यारो वहन गर्न सिकाएको छ।


“मेरो छोरो ११ वर्षदेखि असल मान्छे बनेको छ, विश्वविद्यालय फर्कियो, सांगीतिक करियरमा उन्नति गर्‍यो र इमान्दार तथा बढी जिम्मेवार व्यक्ति बन्यो, यही कार्यक्रमका कारण -- यसपछि त उ पुरानो जीवनमा कहिल्यै फर्केन। उसले कुलतको बानी छोडिसक्यो र उसको भविष्य उज्वल र सुनौलो छ। नार्कोनन कार्यक्रमप्रति म पर्याप्त रूपमा कृतज्ञता व्यक्त गर्न सक्दिनँ।”


“नार्कोनन नै त्यो एउटा चिज हो जसले मेरो जीवन बिनास हुनबाट जोगियो। यसले मेरी आमालाई बचायो जो मेरा लागि सबै कुरा हो र यो संसारमा सबै कुरा भनेकी मेरी आमा हुनुहुन्छ। उहाँले १९९८ कार्यक्रममा जानुभएको थियो र त्यसयता उहाँ सहज हुनुहुन्छ। मैले सबैभन्दा धेरै माया गर्ने व्यक्ति, लामो समयदेखि गुमाएको थिए, कार्यक्रमले फर्काइदियो, यो कुरा आश्चर्यजनक लाग्छ। त्यो बेलाजस्तो मेरी आमासँग गर्वको महसुस कहिल्यै भएको थिएन।”


”म एउटा छोराकी आमा हुँ, जसको छोरा नार्कोननकै कारणले बाँच्यो। मलाईं थाहा छैन उ कसरी आश्चर्यजनक तरिकाले नयाँ व्यक्ति बन्यो-- तर तिनीहरूले मेरो छोरालाई पुन: जीवन दिए। म यो कार्यक्रमको जीवनभर ऋणी छुँ। यो मेरो परिवार र मेरा लागि चमत्कार जस्तै भयो।"


”मेरो छोरो कस्तो अवस्थामा गयो भने-- हामीले नचिन्ने जस्तो, हामीले नजान्न चाहेको जस्तो। जब उ फर्कियो, उसले परिवारका सबै सदस्यहरूसँग राम्रो व्यवहारमा पेश आउन थाल्यो। उँ चाडपर्वमा उपस्थित हुन्थ्यो। उ परिआएका समस्याहरूसँग जुझ्न सक्षम भयो। जति धन्यवाद दिए पनि नार्कोननलाई कमै हुन्छ- उनीहरूले मेरो छोरालाई फिर्ता ‍गरे।


”नार्कोनन कार्यक्रमले मलाईं यो निश्चित समयमा सकिने कार्यक्रम नभएको कुरा बतायो। मेरा छोरालाई पूर्ण रूपमा कुलतबाट बाहिर निस्कन जति समय लाग्नेछ कार्यक्रम त्यसमा भर पर्नेछ। उसले कार्यक्रम सकेको आठ वर्ष बितिसकेको छ र यत्तिका वर्षमा उसले साँच्चिकै नयाँ जीवनको थालनी गरेको छ।


”हाम्री छोरीले नार्कोनन लागुऔषध सुधार कार्यक्रम सफलतापूर्वक पूरा गरिन्। अहिले चार वर्ष बितिसकेको छ र उनले अहिले राम्रो गरिरहेकी छिन्। उनी स्वस्थ, खुशी र जीवन्त छिन् अनि कलेजमा पनि राम्रो अंक ल्याउँछिन्।”


मेरो छोरोको जीवन बचाएकोमा नार्कोनन कार्यक्रमप्रति कृतज्ञ छुँ। योबाहेक अन्य जुनसुकै कार्यक्रममा पठाएको भए पनि आज मेरो छोरो बाँच्दैनथ्यो भन्ने कुरामा म १०० प्रतिशत विश्वस्त छुँ। नार्कोनन अरूभन्दा फरक छ।”


”मेरो वयस्क छोरोलाई पाउँदा आनन्द र कृतज्ञताको यो भावना व्यक्त गर्नका लागि मसँग कुनै शब्द छैन। उसको कडा परिश्रम, समर्पण र नार्कोननले गरेको सहयोगको माध्यमले उ पूर्ण रूपमा लागुऔषध मुक्त हुन सक्यो।


”अप्रेलमा हामी नार्कोननको ग्रेजुएट कार्यक्रममा सहभागी भयौं। हाम्रो छोराको ग्रेजुएट कार्यक्रम उसको पुनर्जन्मका रूपमा हाम्रो दिमागमा सधैँभरि रहिरहनेछ। त्यसपछिका वर्षहरूमा हामीले उसलाई लागुऔषध मुक्त वा मादकपदार्थ मुक्त देखेका छौं। उ एकदमै राम्रो देखिएको थियो र उसको शान्त स्वभावको भयो। हामीलाई अब हामी हाम्रो छोरा कहिले पहिले जस्तै कहिले देख्छौं झैँ लागेको थियो। हामी तिम्रो तिमी अथवा तिमीले गरेका राम्रा कामहरू कहिल्यै बिर्सने छैनौं। तपाईंलाई हाम्रो अन्तर हृदयबाट धेरैधेरै धन्यवाद।”


”जसै म र मेरो छोरा उसको अध्ययनलाई जारी राख्ने सन्दर्भमा छलफल गर्न बस्यौं, नार्कोननबाट प्राप्त यस फाइदाका बारेमा कसरी प्रशंसा गरूँ भनेर तपाईंबाट जान्न मन लाग्यो। मेरो छोरोलाई सहयोग गरेकोमा र उसको जीवन पुन: प्राप्त गर्न सघाएकोमा र हाम्रो छोरा फिर्ता दिएकोमा धन्यवाद।”


“मेरो छोरो अहिले तीन वर्ष यता लागुऔषधमुक्त भएको छ र म यसमा ज्यादै गर्व गर्छुँ। हामी सबै गर्व गर्छौ। उ निकै सकारात्मक, आत्मविश्वासी छ। जीवनमा के चाहेको हो उसलाई थाहा छ। म उसलाई धेरै माया गर्छुँ र मेरो विचारमा हामी बिचमा सधैँ असल र नजिकको सम्बन्धमा रहन्छ। उसको जीवनमा नार्कोनन सबै भन्दा असल चिज बन्यो।”


”थुप्रै लागुऔषध सुधार कार्यक्रम प्रयास गरेपछि मैले नार्कोनन फेला पारे। मैले उसलाई एउटा आशाविहीन अथवा दुर्बल व्यक्तिको रूपमा नार्कोनन लगे'। छोटो अवधिमा नै उ पूर्ण रूपमा परिवर्तन भयो। सबैभन्दा महत्वपूर्ण कुरा त उ लागुऔषध मुक्त बन्यो। मेरो छोराको अहिले आफ्नो एउटा परिवार छ। उ अरूलाई उनीहरूको आत्म-विश्वास पुन: प्राप्त गर्न र लागुऔषध मुक्त हुन मद्दत गर्नमा सक्रिय छ। मेरो छोरो र मेरो सम्बन्ध त्यति राम्रो थिएन। नार्कोननले मलाईं मेरो छोरो फिर्ता मात्र दिएन एउटा असल साथी समेत दियो। नार्कोननले मेरो परिवारका लागि के गर्‍यो भनी बयान गर्न उपयुक्त शब्द नै छैन।

मेरो छोरोको जीवन बचाएकोमा नार्कोनन कार्यक्रम प्रति कृतज्ञ छुँ। यो बाहेक अन्य कुनै कार्यक्रममा पठाएको भए आज मेरो छोरो जीवित हुँदैन्थयो भन्ने कुरामा म १०० प्रतिशत विश्वस्त छुँ।

मेरो श्रीमान अहिले भरोसा गर्न योग्य र जिम्मेवार व्यक्ति हुनुहुन्छ। उहाँले काममा छुँ भन्नुभो भने, तपाईंले उहाँलाई काममै फेला पार्नुहुन्छ। उहाँले पहिले जसरी सानो सानो कुरामा रिसाउनुहुन्न। उहाँ अहिले राम्रो स्वभावमा बोल्नुहुन्छ- उहाँलाई मानिसहरूसँग काम गरिरहेको देख्दा आश्चर्यजनक लाग्छ। पहिले जब उहाँ कुलतमा हुनुहुन्थ्यो, चिच्याउने र हल्ला गर्ने र सामान फ्याँक्ने गर्नुहुन्थ्यो। उहाँ सधैँ रिसाइ रहनुहुन्थ्यो। अहिले उहाँ आफै फरक व्यक्ति हुनुहुन्छ। यो त साँच्चिकै आश्चर्यजनक जस्तै छ।”


“नार्कोनन सुधार कार्यक्रमले वास्तवमै काम गर्छ। मेरो एउटा भान्जा थियो र उ १० वर्षदेखि लागुऔषधको कुलतमा थियो। उसको कुलतले उसलाई मेथको प्रयोगसम्म पुर्‍यायो र जीवनलाई झन-झन बिगार्दै गयो। उसको परिवारको हौसलाका कारण यो क्रिश्चियन युवा व्यक्तिलाई नार्कोननमा भर्ना गरियो र उ एउटा सफलताको पात्र बन्यो। उ अहिले स्वस्थ छ, खुशी छ र नार्कोननका लागि कोर्स सुपरभाइजरका रूपमा काम गर्छ। उसलाई उसको परिवारले अत्यन्त माया गर्थ्यो र यही आशीर्वादका कारण उ नार्कोनन कार्यक्रममा पुग्यो। यसले साँच्चिकै उसको जीवन बचायो।”